१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
पर्शुराम काफ्ले नयाँदिल्ली
Invalid date format १२:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भारत भ्रमण ऐतिहासिक र उपलब्धिमूलक : प्रधानमन्त्री प्रचण्ड

Read Time : > 1 मिनेट
पर्शुराम काफ्ले, नयाँदिल्ली
नयाँ पत्रिका
Invalid date format १२:२६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन कारणले भ्रमण ऐतिहासिक भएको बताएका छन्। 

भारत भ्रमणका क्रममा दिल्लीमा सबै उच्चस्तरीय भेटवार्ता सकेर मध्यप्रदेश जानुअघि सीमित पत्रकारहरूलाई प्रचण्डले भ्रमणले ऊर्जा व्यापारमा ब्रेक थ्रु हासिल गरेको सुनाए। 

पहिलो, उनको शब्दमा दीर्घकालीन ऊर्जा व्यापार सम्झौता धेरै नेपालीको चाहना थियो। प्रधानमन्त्रीको भनाइमा भारतसँग दीर्घकालीन ऊर्जा व्यापार दुई देशको सम्बन्धमा पछिल्लो ब्रेक थ्रु हो। 

उनले बंगलादेश–भारत–नेपाल त्रिपक्षीय विद्युत् व्यापारमा भएको समझदारीलाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। 

दोस्रो, भारतले नेपाललाई हवाई प्रवेश रुट (नेपालगन्ज) दिन सकारात्मक जवाफ दियो। तेस्रो, सीमा समस्या समाधान गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री मोदीले नै जोड दिए । ‘यसकारण मेरा लागि यो भ्रमण ऐतिहासिक रह्यो,’ प्रचण्डको भनाइ थियो। 

प्रचण्डले तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणमा भएको सहमति पनि महत्वपूर्ण भएको सुनाए। भारतसँग ऊर्जा व्यापार सम्झौताले नेपालमा ऊर्जा क्षेत्रमा लगानीका लागि विगतको डर हटेको उनको विश्लेषण थियो। 

‘भारतमा ऊर्जा व्यापार गर्ने अवस्था विगतमा थिएन। बजार छैन भनेर नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरू विगतमा डराए। अब लगानीकर्ताको डर हराउने भयो।  अब ऊर्जा क्षेत्रमा उत्साहजनक रूपमा लगानी आउँछ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। नेपालले ऊर्जा व्यापारभन्दा ऊर्जा खपतमा पनि जाेड दिने प्रचण्डको भनाइ छ।

भारतले नेपालमा विदेशी (चिनियाँ) लगानीकर्ता तथा ठेक्का प्रक्रियामा चिनियाँ सामेल भएर उत्पादिन बिजुली खरिद गर्न अरुचि देखाउँदै आएको छ। यस विषयमा पनि प्रचण्डले मोदीसँग एकान्त वार्तामा कुराकानी गरे।

‘मैले औपचारिक र एकान्त वार्तामा पनि भनेँ कि ग्लोबल टेन्डरका क्रममा जोसुकैले पनि ठेक्का पाउने अवस्थामा उत्पादित बिजुली लिन्नँ भन्न भएन। विदेशी (चिनियाँ) लगानीबाट उत्पादित  बिजुली नकिन्ने भन्ने त छ, तर ग्लोबल टेन्डरबाट आएका विदेशी कम्पनी सामेल भएर उत्पादित बिजुली लिनुपर्छ भन्ने कुरा हुँदा यसमा हाम्रो सहमति भयो,’ प्रचण्डले भने, ‘अब विदेशी ठेकेदार कम्पनीहरू सामेल भएर उत्पादित बिजुली व्यापारका लागि बाटो खुल्यो। हिजो (प्रधानमन्त्रीद्वयको वार्ता)पछि अब बाटो खुल्यो।’