Skip This
साँगा–धुलिखेल सडक कालोपत्रे सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Wednesday, 14 May, 2025
२o८२ बैशाख २९ सोमबार o६:४७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

साँगा–धुलिखेल सडक कालोपत्रे सुरु

असारभित्र तीन किलोमिटर कालोपत्रे हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार o६:४७:oo

अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको छ । भक्तपुरतर्फ पर्ने सूर्यविनायक–साँगा र काभ्रेतर्फ पर्ने साँगा–धुलिखेल गरी दुई खण्डमा विस्तार भइरहेको हो । जसअन्तर्गत साँगा–धुलिखेल खण्डमा कालोपत्रे सुरु भएको छ । साँगा–धुलिखेल सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार बाँसघारीदेखि धुलिखेल चोकसम्म एक किलोमिटर सडक कालोपत्रे गर्न थालिएको छ । ‘एक किलोमिटर सडकको एकातर्फ कालोपत्रे सुरु भएको छ । लगत्तै थप एककिलो मिटर तयार गर्दै छौँ,’ उनले भने, ‘अहिले आधुनिक प्रविधिबाट कालोपत्रेको पहिलो लेयर सकेर दोस्रो लेयरको काम भइरहेको छ ।’

इन्जिनियर खनालका अनुसार सडकको मुख्य भागमा ८० सेन्टिमिटरको कालोपत्रे हुनेछ । पहिलो लेयरमा ३०–३५ सेन्टिमिटरको सबबेस, त्यसपछि २० सेन्टिमिटरको सिटिपी, त्यसमाथि १० सेन्टिमिटरको क्र्याक रिलिफ लेयर, त्यसमाथि ११–१३ सेन्टिमिटरको डिबिएम र त्यसमाथि ६ सेन्टिमिटरको आस्पाल कंक्रिट लेयर गरी जम्मा ८० सेन्टिमिटरको आधुनिक प्रविधिबाट पिच हुने उनले बताए । सडकखण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बनाउने ठेक्का सम्झौता छ । हालसम्म साँगा–धुलिखेल सडकखण्डको भौतिक प्रगति ४७ प्रतिशत रहेको खनालले बताए । असार मसान्तभित्र तीन किलोमिटर सडक कालोपत्रे गरेर करिब ६० प्रतिशत भौतिक प्रगति बनाउने उनको भनाइ छ । 

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्ड १६ किलोमिटर छ । जसमा सूर्यविनायक–साँगा ७ दशमलव ५ किलोमिटर र साँगा–धुलिखेल ८ दशमलव ५ किलोमिटर छ । ६ लेन सडक विस्तारको काम तीन वर्षमा सम्पन्न गर्ने गरी सूर्यविनायक–साँगासम्मको ठेक्का ०७९ मंसिर र साँगा–धुलिखेलसम्मको ठेक्का ०७९ पुस र पुल निर्माणको ठेक्का ०७९ चैतमा सम्झौता भएको थियो । पहिलो खण्ड साँगा–धुलिखेल सडकखण्डका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । उक्त खण्ड विस्तार ठेक्का लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको छ । विस्तार योजनाअन्तर्गत दोस्रो खण्डमा ७.५ किलोमिटरको दोस्रो खण्ड सूर्यविनायक–साँगा सडकखण्डका लागि तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का लागेको आयोजनाले जनाएको छ ।