१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २१ शुक्रबार १९:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ कलेजो प्रत्यारोपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:५१:oo

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले थप एकजनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । 

दिल्लीस्थित म्याक्स हस्पिटलका चिकित्सक टोलीको सहयोगमा केन्द्रले ४२ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो । योसँगै प्रत्यारोपण केन्द्रमा ११ वटा कलेजो प्रत्यारोपण भएका छन् ।
गत आइतबार गरिएको कलेजो प्रत्यारोपणपश्चात् दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कलेजो प्रत्यारोपण गरिएका दाङ जिलाका बाबुराम विश्वकर्मालाई उनकी ३७ वर्षीय श्रीमती आशा सुनारले अंगदान दिएकी थिइन् ।

कलेजो प्रत्यारोपणमा सर्जन डा. रोशन घिमिरे, डा. सपना बर्मा, डा. ललितकुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ, डा. रश्मित श्रेष्ठ, डा. शिव सुन्दराचल संलग्न थिए । 

त्यस्तै, रेडियोलोजी विभागको नेतृत्व डा. समीर दवाडी, डा. विवेक नेपाल, डा जस्मिन जोशीले गरेका थिए भने पूजा कोइरालाको नेतृत्वमा बबिता लवजु, अनिता कार्कीलगायतको नर्सिङ टोलीले प्रत्यारोपणमा सघाएको थियो । 
त्यसैगरी, प्रत्यारोपण कार्यको संयोजन कोर्डिनेरहरू डा. स्वस्तिक प्रधानांग, तारा साँध, अर्चना बगाले, सरु कोजु र सनिषा कार्कीले गरेका थिए ।

पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले हालसम्म ११ जनामा सफलतापूर्वक प्रत्यारोपण गरिसकेको छ । आठजनामा जीवित दाताबाट र तीनजनामा मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको हो । 

ad
ad