
नेकपा एमालेले सचिवालय बैठक डाकेको छ। एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको हो।
बैठकमा समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ।
बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ। एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो।