१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १७ बुधबार
  • Friday, 09 May, 2025
२o८o जेठ १७ बुधबार १९:४o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

न्युयोर्कमा दिगो विकास सम्मेलन हुँदै, नेपालको प्रभावकारी उपस्थिति जनाउन राष्ट्र संघको अनुरोध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १७ बुधबार १९:४o:oo

संयुक्त राष्ट्र संघ सधैँ नेपालको हित चाहन्छ : नेपाल प्रमुख हान्ना

संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीले राष्ट्र संघ सधैँ नेपालको विकास चाहने बताएकी छिन्। 

बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई भेटेर हान्नाले नेपालको हित र विकासका लागि संयुक्त राष्ट्र संघले सधैँ सहयोग गर्ने बताएकी हुन्। 
उनले दिगो विकास सम्मेलन तथा अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नतिको रणनीति तयारी नेपालको प्रशंसायोग्य रहेको बताइन्। 

नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मलुकमा स्तरोन्नति हुने क्रममा रहेको अवस्थामा आवश्यक सबै सहयोग र विकास साझेदारहरूबीच समन्वय गर्न इच्छुक रहेको उनको भनाइ थियो। 

आगामी सेप्टेम्बरमा न्युयोर्कमा दिगो विकासको लक्ष्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ। उक्त सम्मेलन सफल बनाउन नेपालले पनि आवश्यक सहयोग गर्न नेपाल संयोजक हान्नाले उपाध्यक्ष श्रेष्ठलाई अनुरोध गरेकी छिन्। 

दिगो विकास सम्मेलनमा नेपालको प्रभावकारी उपस्थितिका लागि आवश्यक तयारीका लागि सहयोग गर्नसमेत इच्छुक रहेको उनले बताइन् । भेटका क्रममा उनले स्केलिङ अफ न्युट्रेसन (एसयुएन) का प्रमुख नेपाल भ्रमण गर्न इच्छुक रहेकोसमेत बताएकी थिइन्। 

उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा संयुक्त राष्ट्रसंघले हालसम्म पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिए। उनले नेपालले तयार गरिरहेको ‘स्मुथ ग्राजुएसन स्टेटिजी’ लाई अन्तिम रूप दिई सोको प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना तर्जुमाको प्रक्रिया सुरु गरिसकिएको बताए। 

यसका लागि आवश्यक सहयोग जुटाउन संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकको कार्यालयले नेपालस्थित संयुक्त राष्ट्रसंघीय निकायहरूसँग समन्वय र सहयोगका लागि भूमिका खेल्ने अपेक्षा रहेको उपाध्यक्ष श्रेष्ठले बताए। 

उपाध्यक्ष श्रेष्ठले दिगो विकास लक्ष्य हासिल गर्दा नेपालको राष्ट्रिय विकास लक्ष्य हासिल हुने तथा राष्ट्रिय विकास लक्ष्य हासिल हुँदा दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पुग्ने भएकाले यी दुवै विषय एक आपसमा परिपूरक भएको हुँदा यसमा नेपाल र संयुक्त राष्ट्रसंघको सहकार्य र साझेदारी महत्वपूर्ण हुने धारणा राखेका थिए। 

बैठकमा आयोगका सदस्य डा. रामकुमार फुँयालले नेपालमा दिगो रोजगारीको अवसरको सिर्जना र सामाजिक सुरक्षा कार्यक्रमहरूको दिगोपनाको सुनिश्चितता गर्नु आवश्यक रहेको सन्दर्भमा संयुक्त राष्ट्रसंघका तर्फबाट यस सम्बन्धमा सहयोग अपेक्षा रहेको बताए। 

साथै, नेपाल ग्लोबल एक्सलेरेसन अन जब्स एन्ड सोसियल प्रोटेक्सन फर जस्ट ट्रान्जिसनको पाथ फाइन्डर मुलुकका रूपमा समावेश भई कार्य गर्न इच्छुक रहेको उल्लेख गरे। 

आयोगका सचिव केवलप्रसाद भण्डारीले नेपालले खाद्य प्रणालीमा कठिनाइ भोगिरहेको सन्दर्भमा संयुक्त राष्ट्रसंघीय खाद्य सम्मेलनले नेपालजस्ता मुलुकहरूको समस्यालाई मूल्यांकन गरी आवश्यक सहयोग गर्नुपर्ने धारणा राखेका थिए। 

नेपालले हालसम्म तीनवटा राष्ट्रिय तथा सातवटा प्रादेशिक खाद्य बहस सञ्चालन गरिसकेको जानकारी दिँदै यस विषयलाई सरकारले उच्च महत्व दिएको उल्लेख गरे।