मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १७ बुधबार १६:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्वजनिक लेखा समितिमा परे १२१ वटा उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १७ बुधबार १६:४२:००

सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ वटा उजुरी परेका छन्।

बुधबार दिउँसो सिंहदरबारमा बसेको संघीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूलाई जानकारी दिँदै समितिका ज्येष्ठ सदस्य सभापति अर्जुननरसिंह केसीले समितिमा १२१ वटा उजुरी परेको बताए। 

उनले समितिले जुनसुकै विचाराधीन पुराना फाइल खोलेर त्यसमाथि अनुसन्धान अघि बढाउन सक्ने बताए। समितिमा हालसम्म परेका नयाँ र पुराना उजुरीमाथि समितिका सांसदहरूले अध्ययन गर्न सक्ने बताए। 

उनले समितिले जुनसुकै समयमा उजुरी दिने र पर्ने दुवैलाई राखेर छलफल गर्नुपर्ने आवश्यकता भए छलफल हुनुपर्ने बताए।