मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १६ मंगलबार
  • Tuesday, 03 October, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १७ बुधबार १६:१३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा उच्च अंककाे गिरावट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १७ बुधबार १६:१३:००

सेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ। सेयर बजार नेप्से ३८.८३ अंकले घटेर १८४९.८३ विन्दुमा झरेको छ।

आज सबै समूहको सेयर घटेर बजार राताम्मे भएको छ। यसमा पनि होटेल तथा पर्यटन, उत्पादन, फाइनान्स, जलविद्युत् र लगानी समूहको सेयर उच्च अंकले घटेको छ। 

आज २६२ वटा कम्पनीका ८७ लाख ३६ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३१ करोड ५१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। समग्रमा बजार घटे पनि आत्मनिर्भर लघुवित्तको सेयर भने १० प्रतिशतले बढेको छ।