Skip This
एफएनसिसिआई सचिवालयमा रोजगार मेला
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:५६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एफएनसिसिआई सचिवालयमा रोजगार मेला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५६:oo

श्रम बजारमा रहेको रोजगारीको ‘मिसम्याच’ समस्या समाधान गर्ने उद्देश्यसहित काठमाडौंमा रोजगार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मेलाको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका छन् ।कामको खोजीमा रहेका युवाहरूलाई मेलामा सहभागी कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरूको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गरिएको महासंघले जनाएको छ ।

कार्यक्रमको समुद्घाटन गर्नुहुँदै महासंघका अध्यक्ष ढकालले रोजगार मेलालाई महासंघले क्यालेन्डर इभेन्टका रूपमा अगाडि बढाउने बताए । श्रम बजारमा रहेको रोजगारीको मिसम्याच समस्या समाधान गर्न रोजगार मेलाजस्ता कार्यक्रमले सघाउने धारणा अध्यक्ष ढकालको थियो । ‘बजारमा दक्ष जनशक्तिको अभाव पनि छ, काम नपाएर बिदेसिनेको संख्या पनि बढ्दो छ, यो मिसम्याचलाई कसरी सम्बोधन गर्न सकिनेमा महासंघ केन्द्रित छ,’ अध्यक्ष ढकालले भने ।

कुल गार्हस्थ्य उत्पादनमा करिब ८१.५५ प्रतिशत योगदान रहेको निजी क्षेत्रको रोजगारीमा समेत ठूलो योगदान भएको र केही समययता अर्थतन्त्रमा आएका अवरोधका कारण निजी क्षेत्र विस्तार हुन नसक्दा रोजगारी सिर्जना र अर्थतन्त्र विस्तारमा समेत समस्या आएको अध्यक्ष ढकालले बताए । महासंघको वर्तमान नेतृत्वले अगाडि सारेका प्रमुख पाँच प्राथमिकतामा दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जनासमेत रहेकाले रोजगार मेलाले उक्त प्राथमिकतालाई पूरा गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो । 

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले रोजगार मेलाले कामको खोजी गरिरहेका युवा र जनशक्ति खोजिरहेका उद्योग प्रतिष्ठान कम्पनीबीच पुलको काम गर्ने बताए । मुलुकभित्र रहेका युवा जनसंख्याको सही परिचालन हुन सके मात्र मुलुकले छिटो प्रगति गर्ने धारणा राख्नुुहुँदै जानसांख्यिक लाभको फाइदा समयमै लिनुपर्ने सुुझाव उनको थियो । 

उद्घाटन कार्यक्रमको प्रारम्भमा महासंघको रोजगारदाता परिषद्का सभापति हेमराज ढकालले रोजगार मेलामा ५४ वटा प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहेको जानकारी गराए । मेलामा कम्पनीहरूले ६ सयभन्दा बढी रोजगारीको अवसर पेस गरेका छन् भने दुुई दिने मेलामा करिब पाँच हजार जबसिकरले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महासंघको सचिवालयमा आयोजना गरिएको रोजगार मेला जेठ १७ गतेसम्म सञ्चालन हुने बताइएको छ । रोजगार मेलालाई नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग र रोजगार सेवा केन्द्र एवं मेरो जबको प्राविधिक सहायता रहेको छ ।