Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १७ बुधबार ०९:१६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जात व्यवस्था उन्मूलन मोर्चाको दोस्रो राष्ट्रिय भेला, ५१ सदस्यीय नयाँ कार्यसमिति चयन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १७ बुधबार ०९:१६:००

जात व्यवस्था उन्मूलन मोर्चाको नयाँ कार्यसमिति चयन भएको छ । हालै सम्पन्न मोर्चाको दोस्रो राष्ट्रिय भेलाले ४० प्रतिशत महिला र १० प्रतिशत गैरदलितको प्रतिनिधित्व हुने गरी ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । त्यसमा पाँच सदस्य पछि थपिने भएको छ ।

केन्द्रीय समितिको बैठकले सात सदस्यीय अध्यक्षमण्डल चयन गरेको छ । जसमा डोलराज विश्वकर्मा, दीपनारायण दास, शान्ति गजमेर, प्रेम गैरे, रवि नेपाली छन् । वर्णानुक्रमअनुसार चक्रीय प्रणालीमा ६–६ महिना नेतृत्व गर्ने गरी पहिलो चरणमा डोलराज विश्वकर्मालाई अध्यक्षमण्डलको अध्यक्षतामा चयन गरिएको छ । मोर्चाको महासचिवमा रूपा सुनार, सचिवमा निर्जन विश्वकर्मा र कोषाध्यक्षमा अस्मिता बादीलाई चयन गरिएको छ । 

भेलाले सातवटा प्रदेश र सम्पर्क समितिमा संयोजक पनि चयन गरेको छ । कोसीमा पूजन हिङमाङ, मधेस प्रदेशमा जीवन विक, नेवाः तामसालिङ प्रदेश (बागमती)मा लक्ष्मी विक, गण्डकीमा तारा सुनाम, लुम्बिनीमा अर्जुन विक, कर्णालीमा लक्ष्मण विक र सुदूरपश्चिम प्रदेशमा मंगल बाजुरेलीलाई संयोजक बनाइएको छ । सम्पर्क समितिमा वसन्त सापकोटा तिरुवालाई संयोजक बनाइएको छ ।

जात व्यवस्था उन्मूलन मोर्चा, नेपालको दोस्रो राष्ट्रिय भेलाले भ्रष्टाचार, महँगी, मिटरब्याज, नक्कली भुटानी शरणार्थीलगायतका प्रकरणमा आठबुँदे समसायिक राजनीतिक प्रस्ताव पारित गरेको छ ।  जेठ १० देखि १२ गतेसम्म चितवनमा सम्पन्न मोर्चाको दोस्रो राष्ट्रिय भेलाले राजनीतिक प्रस्ताव पारित गरेको हो ।

भेला र त्यसपछि बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय सम्बन्धमा मंगलबार जारी गरेको विज्ञप्तिअनुसार भेलाले जात व्यवस्था उन्मूलनको कार्यभारलाई पूरा गर्ने संकल्प गरेको छ । साथै, रुकुम–सोती नरसंहार र अजित मिजारको हत्याको न्यायोचित निरुपणका लागि सरकारसँग माग पनि गरेको छ ।