१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टी-२० महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१६:oo

मलेसियामा जारी टी–२०  अन्तर्राष्ट्रिय महिला क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ। नेपालले मलेसियालाई सात विकेटले हराएको हो।

मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको खेलमा विजयी भएसँगै नेपाल र मलेसियाबीचको शृंखला १–१ को बराबरीमा पुगेको छ। जितका लागि ९७ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे। 

नेपालका लागि कप्तान रुविना क्षेत्री बेलवासेले सर्वाधिक २९ रन बनाइन्। उनले २१ बलमा तीन चौका र एक छक्का प्रहार गरिन्।  

त्यसैगरी, कविता कुँवरले ४३ बलमा दुई चौकासहित २६,  सीता रानामगरले २२ बलमा दुई चौका र एक छक्कासहित २३ र विन्दु रावलले १८ बलमा दुई चौकासहित १७ रन बनाइन्। 

बलिङतर्फ मलेसियाका लागि ऐश्या एलिसा, निक नुर र विनिफ्रन्ड आनीले समान एक–एक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९६ रन बनाएको थियो। 

मलेसियाका लागि मास एलिसाले सर्वाधिक २८ रनको योगदान दिइन्। उनले ३४ बलमा दुई चौका प्रहार गरिन्। यस्तै विनिफ्रेदले २०, वान जुलियाले २० तथा ऐना हामिजाह हासिमले १४ रन बनाइन्। 
    
बलिङतर्फ नेपालका लागि रुविना क्षेत्री बेलवासेले दुई तथा इन्दु बर्मा र कविता कुँवरले समान एक–एक विकेट लिइन्।