
पूर्वी नवलपरासीमा नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालक बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार देवचुली नगरपालिका– १ केउरेनीघाटस्थित नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा साेमबार दिउँसो ३ः२० बजे देवचुली– १ निवासी १५ वर्षीय बालक संयोग ढकालको बेपत्ता भएका हुन् ।
बेपत्ता ढकालको प्रहरी, स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा व्यास दलदलेकाे टोलीले खोजी गरिरहेको नवलपुर प्रहरीले जनाएको छ ।