१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:o९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रक्तचन्दन तेलको अवैध कारोबार गर्ने आठ पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:o९:oo

करिब दुई करोड रुपैयाँबराबरको रक्तचन्दन तेलको अवैध रूपमा कारोबार गरेको अभियोगमा आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७, चाबहिल बस्ने ३० वर्षीय सुशील पाठक, कालिकोट रासकोट नगरपालिका–८ घर भई काठमाडौं चाबहिल बस्ने २८ वर्षीय विनोद बराल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१५ घर भई काठमाडौं कलंकी बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली, रामेछाप लिखुतामाकोसी गाउँपालिका–२ घर भई काठमाडौं काँडाघारी बस्नेहरू ३५ वर्षीय नवीन दाहाल, ३९ वर्षीय गोकर्णहरि दाहाल, बाँके कोहलपुर नगरपालिका–११ घर भई काठमाडौं चाबहिल सरस्वतीनगर बस्ने ५८ वर्षीय नीलकान्त भुसाल, धादिङ नीलकण्ठ नगरपालिका–९ घर भई काठमाडौं जडीबुटी बस्ने ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र सोलुखुम्बु माप्यदुधकोसी गाउँपालिका–६ घर भई काठमाडौं महाँकाल बस्ने ४० वर्षीय खेमराज घिमिरे रहेका छन् । 

काठमाडौं महानगरपालिका–६, चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रतिलिटर दुई लाख ५० हजार रुपैयाँका दरले कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई तेलसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको छ ।