मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Sunday, 16 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १५ सोमबार २१:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वर्णिमतिर हेर्दै रविले भने- डा. स्वर्णिम वाग्ले हुँदाहुँदै बजेटबारे मैले के भनौँ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार २१:o२:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट छरिएको प्रतिक्रिया दिएका छन्। 

नयाँबानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा उनले केही राम्रा योजना आए पनि बजेट छरिएको प्रतिक्रिया दिए। 

सामान्यतया अरू वेला लामो समय बोल्न रुचाउने लामिछानेले बजेटमाथि भने थोरै प्रतिक्रिया दिए र आफ्ना पार्टीका सांसद तथा अर्थविज्ञ डा. स्वर्णिम वाग्लेलाई अघि सारे। 

संसद् भवनबाट दुवै सँगसँगै बाहिरिएका थिए। सामान्य प्रतिक्रिया जनाएपछि उनले भने, ‘यसको विज्ञ नै हुनुहुन्छ, डा. स्वर्णिम वाग्ले मैले के भनौँ ?’

स्वर्णिम वाग्ले बोल्नै लाग्दा केही सञ्चारकर्मीले सांसदलाई केन्द्रित गर्दै विनियोजन गरिएको पाँच करोड रुपैयाँको प्रसंगमा प्रतिक्रिया मागे। 

जवाफमा उनले नीति निर्मातालाई ठेकेदार बनाउने काम भएको प्रतिक्रिया दिए। ‘निर्वाचन क्षेत्रलाई पैसा दिनु उपयुक्त होइन भनेर हामीले भन्दै आएका छौँ। यसले नीति निर्मातालाई ठेकेदार बनाउने काम गरेको छ। सरकारले निर्वाचन आउन लागेजस्तो गरी निर्वाचनलक्षित बजेट ल्याएकोजस्तो लाग्यो,’ उनले भने।