१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दिवाखाजामा साढे आठ अर्ब बजेट, जंकफुड निषेध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १९:१o:oo

सरकारले आगामी आर्थिक वर्षमा पनि सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । 

सरकारले आगामी आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि आठ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ का लागि विनियोजित बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । 

सरकारले बजेटमार्फत विद्यार्थीलाई दिइने दिवा खाजामा जंकफुड दिन नपाइने व्यवस्था कडाइका साथ लागू गर्ने घोषणा गरेको छ ।

दिवा खाजामा स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराउने व्यवस्था मिलाइने अर्थमन्त्री महतले उल्लेख गरे । 

ad
ad