
सरकारले आगामी दुई वर्षमा सबै नागरिकलाई विद्युतको पहुँचमा पुर्याउने घोषणा गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन्।
उनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा आगामी आवमा प्रतिव्यक्ति विद्युत खपत ४५० युनिट पुर्याउने भनिएको छ।