
सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ मा स्टार्टअप क्षेत्रलाई प्रोत्साहन गर्न एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। उनले स्टार्टअप क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको नीति रहने उल्लेख गरे।