१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Friday, 13 September, 2024
२o८o जेठ १५ सोमबार १४:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गणतन्त्र दिवसको अवसरमा जुम्लाको हिमामा पढाइ मेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १४:४५:oo

जुम्लाको हिमा गाउँपालिकाले सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन, शिक्षालाई जीवनाेपयोगी बनाउन तथा विद्यालय सुधारमा शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउने उद्देश्यले जिल्लामै पहिलोपटक बृहत् पालिकास्तरीय पढाइ मेला आयोजना गरेको छ।

गणतन्त्र दिवसका अवसरमा हिमा गाउँपालिका– २ कोइरेलीस्थित हिमा आधारभूत विद्यालयमा दुईदिने पढाइ मेला आयोजना गरिएको हो। मेलामा गाउँपालिकाका सातै वडाका सात विद्यालयले विभिन्न शैक्षिक स्टल प्रदर्शनीमा राखेका छन्।

स्थानीय स्रोतसाधनको प्रयोग गरी निर्माण गरिएका कृषि तथा उद्यमशीलता सामग्री, विषयगत पठन सामग्री, विद्यार्थीले सिर्जना गरेका साहित्यसहित चित्रकला, हस्तकलासम्बन्धी सामग्री, विद्यालयस्तरमा बनेका शैक्षिक सामग्रीलगायतका विभिन्न स्टल मेलामा प्रदर्शन गरेको हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक महेश रावलले जानकारी दिए।

उनका अनुसार देउडा गीत, निबन्ध, वक्तृत्वकला, हाजिरीजवाफ, नृत्य, प्रेरक भनाइ र कम्प्युटर टाइपिङ प्रतियोगितासमेत गराइएको छ। बाह्य ज्ञान प्राप्तिका लागि ‘मेमोरी गेम’ खेलाइएको थियो। जेठ १४ र १५ गते दुई दिन चल्ने पढाइ मेलामा शिक्षक, विद्यार्थी अभिभावको उत्साहजनक सहभागिता रहेको छ।