मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ४ बिहीबार
  • Thursday, 21 September, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १५ सोमबार ११:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रेशम चौधरीका समर्थक भन्छन्- भूमिपुत्रको जित भयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १५ सोमबार ११:४९:००

कैलालीको टीकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन काराबासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरू खुसी देखिएका छन्। 

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाई रिहा भएसँगै उनका समर्थकहरू उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए। 

चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माइतीघरमा आई आफ्ना समर्थकहरूसँग भेट गरेका छन्। माइतीघर मण्डलामा पनि उनलाई स्वागत गर्नेहरूको भिड देखिन्थ्यो। 

स्वागत र समर्थनमा माइतीघर मण्डला पुगेका देवराज लामाले टीकापुर घटनाका वास्तविक अपराधीहरूलाई उम्काइएको र निर्दोषलाई फसाइएको बताए।

देवराज लामाले चौधरी घटनास्थलमा पनि नभएको र निर्देशन पनि नदिएको भन्दै उनले अहिलेसम्म पनि टीकापुर घटनाका वास्तविक दोषीहरूलाई पक्राउ नगरिएको बताए। उनले आफूहरू अहिले पनि छानबिन गर्न तयार रहेको भन्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरे। 

उनले भने, ‘टीकापुर घटनाका वास्तविक अपराधीहरूलाई उम्काइएको छ। उहाँ घटनास्थलमा हुनुहुँदैन थियो। उहाँले निर्देशन पनि दिनुभएको होइन, अहिलेसम्म पनि टीकापुर घटनाका दोषीहरू समातिएका छैनन्। अहिले पनि छानबिन गरौँ, हामी अहिले पनि भनिरहेका छौँ लाल आयोग, संसदीय सुनुवाइका आयोगहरूको प्रतिवेदन सार्वजनिक गरौँ न सबै थाहा हुन्छ। उहाँ निर्दोष हुनुहुन्छ।’

समर्थकहरूले विरोधका लागि विरोध गर्ने संस्कृति बढिरहेको भन्दै राज्यले भूमिपुत्रलाई जिताएको बताए। रेशम चौधरी रिहा हुनु लोकतन्त्र, पहिचानवादीको जित भएको बताए।