मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १० बुधबार
  • Wednesday, 27 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १४ आइतबार १८:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शीर्ष नेताको सहमतिमा ‘जलहरी’बारेको अभिव्यक्ति रेकर्डबाट हटाइनु विडम्बना : शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १४ आइतबार १८:२१:००

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने शीर्ष नेताको सहमतिप्रति असन्तुष्टि जनाएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत संसदमा माओवादी सांसद लेखनाथ दाहालले व्यक्त गरेको अभिव्यक्ति हटाइएकोप्रति आपत्ति जनाएका हुन्। सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने कुरा विडम्बनापूर्ण भएको उनले बताएका छन्।

‘कस्तो विडम्बना ! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियततासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सहमति गर्ने र संसद् सचिवालयले सोहीअनुरूप कार्य गर्ने,’ नेता कोइरालाले लेखेका छन्।

शीर्ष नेताले त्यस्तो अभिव्यक्ति हटाउन सहमति गर्ने र संसद् सचिवालयले सोहीअनुसार कार्य गर्दैमा विगतका अनियमितता धेरै दिन ढाक्न नसकिने उनको भनाइ छ। ‘सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनियमितता कति दिन ढाक्न सकिएला र ?’ उनले प्रश्न गरेका छन्।

नेता कोइरालाले संसद्को रेकर्डबाट केही विषय हटाइए पनि त्यो आमजनताको नजरबाट ओझेल नहुने बताए। ‘संसद्को रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला,’ उनले थपेका छन्, ‘तर, यो देशमा आमजनता, नागरिक समाज तथा सञ्चार जगत पनि छन् भन्ने कुरा बुझौँ।’