मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Wednesday, 19 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १४ आइतबार १४:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘पुँजीगत खर्च गर्ने मन्त्रालयको सिलिङ घटाएर सरकार उल्टोबाटो हिँड्यो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार १४:२७:oo

सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च गर्ने मन्त्रालयहरूको सिलिङ घटाएर सरकार उल्टोबाटोमा गएको बताएका छन्। 

आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसदहरूले सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा सबैभन्दा बढी पुँजीगत खर्च गर्ने मन्त्रालयहरूको बजेट सिलिङ घटाएर उल्टोबाटोमा सरकार जान लागेको आरोप लगाएका हुन्। 

उनीहरूले योजना आयोगले बजेट निर्माण गर्दा सरकारलाई दिने योजनाहरू वास्तविकतामा आधारित भएर दिन आवश्यक रहेको बताए। उनीहरूले योजना आयोग अब केन्द्रमा मात्रै नभएर ७७ जिल्लामा विस्तार गरी स्थानीय आवश्यकताका आधारमा आयोजनाहरू छनोट गर्न आवश्यक रहेको बताए। 

त्यस्तै, सांसदहरूले मुलुक आर्थिक रूपमा संकटग्रस्त अवस्थामा रहेको भन्दै धेरै उद्योगी सडकमा आउन लागेको बताए। बैठकमा बोल्दै अर्थ समिति सदस्य सूर्यबहादुर थापाले अहिले सबैभन्दा बढी दबाब भौतिक पूर्वाधारमा भए पनि योजना आयोगले ३२ प्रतिशत बजेटको सिलिङ घटाउनु राम्रो नभएको बताए। 

उनले भौतिक मन्त्रालयको एक खर्ब ६६ अर्बबाट १४ अर्ब सिलिङ घटाएको भन्दै पुँजीगत खर्च भएन भन्ने पनि छ, तर उपचार पुँजीगत खर्च गर्ने मन्त्रालयको बजेट घटाएर सरकार एनजिओ बेसिसमा सरकार जान खोजेको बताए। 

त्यस्तै, अर्का सांसद पूर्णबहादुर तामाङले राष्ट्रिय योजना आयोग ७७ जिल्लामा शाखा विस्तार गरी खानी तथा जलविद्युतको सम्भावनाको विषयमा अनुसन्धान गर्न आवश्यक रहेको बताए।

उनले स्थलगत रूपमा अनुसन्धान गरी आयोजनाहरूको निर्माणको विषयमा योजना बनाउन आवश्यक रहेको बताए। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्षलाई संसद् विकास कोष हटाउन लगाएर ७७ जिल्लाकै विकासलाई मार्ने काम नगर्न चेतावनी दिए। 

त्यस्तै, सांसद मेटमणि चौधरीले मुलुक दुई–तीन महिनापछि आर्थिक रूपमा टाट पल्टने अवस्था देखिएको बताए। उनले आर्थिक मन्दीको कारण धेरै उद्योगी सडकमा आउन थालेको बताए।