१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कर्णाली राजमार्गको दैलेख खण्डमा ३१ किलाेमिटर सडक रिसोलिङ गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१६:oo

मृत्युमार्गको उपमा पाएको कर्णाली राजमार्गको दैलेख खण्डमा रहेका खाल्डा पुर्दै सडक रिसोलिङ कार्य सुरु गरिएको छ। कालोपत्रे सडकमा खाल्डैखाल्डा हुँदा दुर्घटनाको जोखिम बढेको थियो।

सडक डिभिजन कार्यालय सुर्खेतमार्फत कर्णाली राजमार्गको दैलेख खण्डका विभिन्न भागमा सडक निर्माणकार्य सुरु गरिएको छ। कतिपय स्थानमा कालोपत्रे गर्ने, खाल्डा पुर्ने र सडक रिसोलिङ गर्ने कार्य धमाधम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

दैलेख खण्डमा पर्ने सडकमध्ये ३१ किलोमिटर सडक रिसोलिङको काम सुरु गरिएको भए पनि अहिलेसम्म सात किलोमिटर सडक  मात्र रिसोलिङ सम्पन्न भएको छ। यो काम असारसम्म सक्नुपर्ने हो। सडक विभागले कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई बारम्बार निर्देशन दिएको छ।

कतिपय स्थानहरूमा आवधिक मर्मतअनुसार कामहरू भइरहेका छन्। गत असोजमा आएको अविरल वर्षाले भत्किएका सडकहरूको समेत मर्मतसम्भारको काम भइरहेको इन्जिनियर सुरेन्द्र सिंहले जानकारी दिए। सडक मर्मत भए कर्णाली राजमार्ग हुँदै रारासम्म पुगेर फर्कन पर्यटकलाई समेत सहज हुनेछ।

वैकल्पिक सडकका रूपमा मध्यपहाडी राजमार्ग सञ्चालनमा आएपछि कतिपय सवारीसाधन दैलेख सदरमुकाम दैलेख बजार हुँदै मध्यपहाडी सडकको राकम–कर्णाली–साईखोला हुँदै यात्रा गर्ने गरेका छन्।