
सानिमा बैंक लिमिटेडले नवलपरासीको सुनवल चोक, सुनवल नगरपालिका–४ मा शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरेका छन् ।
समुद्घाटन समारोहमा महजोडीले नवलपरासीको सुनवलमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकका रूपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकका देशका सातै प्रदेशमा एक सय ३२ वटा कार्यालय र एक सय २२ वटा एटिएम सञ्चालनमा रहेका छन् ।