१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Friday, 21 June, 2024
मीनराज बसन्त काठमाडाैं
२o८o जेठ १४ आइतबार o८:५९:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

जर्मनी किन गयो आर्थिक मन्दीमा ?

Read Time : > 3 मिनेट
मीनराज बसन्त, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार o८:५९:oo

लगातार दोस्रो त्रैमाससम्म पनि अर्थतन्त्र नकारात्मक भएपछि अहिले जर्मनीको अर्थतन्त्र आर्थिक मन्दीमा गएको छ 

यो विश्वअर्थतन्त्र डगमगाएको अवस्था हो । एकातिर श्रीलंका, पाकिस्तान गम्भीर आर्थिक संकटबाट गुज्रिनु र अर्कातिर अमेरिका तथा युरोपमा ठूला बैंक टाट पल्टिनुले पनि अर्थतन्त्र सही दिशामा नरहेको संकेत गर्छ । यसको मतलब अरू देश सबै सक्षम र संकटबाट मुक्त छन् भन्न खोजिएको होइन । आर्थिक मन्दीको धेरथोर बाछिटा विश्वका थुप्रै मुलुकमा परेको छ । यी सबका बाबजुद यहाँ जर्मनीबारे चर्चा गर्न खोजिएको छ ।

जर्मनीको तथ्यांक कार्यालय डेस्टाटिसका अनुसार सन् २०२३ को पहिलो तीन महिनामा जर्मनीको अर्थतन्त्र ०.३ प्रतिशतले संकुचित भयो । यसअघि गत वर्षको अन्तिम तीन महिनामा पनि जर्मन अर्थतन्त्र ०.५ प्रतिशले संकुचन भएको थियो । लगातार दोस्रो त्रैमाससम्म पनि अर्थतन्त्र नकारात्मक भएपछि अहिले जर्मनीको अर्थतन्त्र आर्थिक मन्दीमा गएको छ । 

यदि कुनै पनि देशको अर्थतन्त्र लगातार दोस्रो त्रैमाससम्म पनि संकुचित हुन्छ भने देश मन्दीमा प्रवेश गर्छ भनिन्छ । जर्मनीको हकमा पूरै वर्ष नकारात्मकचाहिँ भएको देखिँदैन । यसपटक धेरै चिसो नहुँदा जर्मनीलाई केही राहत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

अवस्था खराब नै हो त ? : युक्रेन–रुस युद्धका कारण जर्मनीको ऊर्जा–मूल्य अकल्पनीय रूपमा बढेको छ, जसले गर्दा कारोबार खर्च अत्यधिक बढेको छ । बढ्दो मूल्यवृद्धिले देशमा महँगी दर पनि बढाएको छ । अप्रिलमा त्यहाँको मुद्रास्फीति ७.२ प्रतिशत थियो । तर, यो गत डिसेम्बरको तुलनामा केही कम हो । डेसान्टिसले जारी गरेको विज्ञप्तिमा लगातार उच्च मूल्यवृद्धि बनिरहनु नै जर्मन अर्थतन्त्रका लागि बोझ हो, जुन यो वर्षको सुरुवाती चरणमा पनि जारी रहेको उल्लेख छ । उच्च मूल्यवृद्धिको असर आमसर्वसाधारणमा परेको छ, जसले खाद्यान्न, लत्ताकपडाजस्ता विभिन्न चिजबिजमा हुने खर्च कटौती गर्नुपरेको छ । माग घट्नाको प्रमुख कारण नै यही हो । यद्यपि, डेस्टाटिसका अनुसार वर्षारम्भमा निर्यात र लगानीमा सकारात्मक संकेत देखिएको छ । निर्माण क्षेत्रमा बढेको लगानी र अनुकूल मौसमले पनि यसमा सहयोगी भूमिका खेलेको छ । कम्पनीले मेसिन, उपकरण र गाडीमा राम्रो लगानी गरेका कारण सोचेजस्तो खराब अवस्था छैन । 

जर्मनी लामो समयदेखि रुसी ऊर्जामा निर्भर थियो । तर, गत वर्षदेखि जारी रुस–युक्रेन युद्धले ऊर्जा संकट बढायो । ग्यास आपूर्ति लगातार घट्यो र जर्मनी बाध्य भएर अन्य स्रोततिर लाग्नुपर्‍यो ।
 

मन्दीबाट उम्किन कति सहज ? : एलबिबिडब्लू बैंकका विश्लेषक येन्स ओलिभरका अनुसार विकासको तथ्यांक ओरालो लाग्नु कुनै भयानक कुरा होइन । किनकि, आर्थिक सूचकांक निरन्तर कमजोर हुँदै गइरहेका थिए । ‘सुरुवाती संकेतले यो वर्षको दोस्रो त्रैमाससम्म पनि अवस्था यस्तै कमजोर हुनेछ,’ ओलिभर भन्छन् । 

औद्योगिक मागले नै उद्योगको उत्पादन तय गर्छ । तर, यही उत्पादन मार्च महिनामा निकै न्यून भयो । त्यसो त जर्मनी लामो समयदेखि रुसी ऊर्जामा निर्भर थियो । तर, गत वर्षदेखि जारी रुस–युक्रेन युद्धले ऊर्जा संकट बढायो । ग्यास आपूर्ति लगातार घट्यो र बाध्य भएर अन्य स्रोततिर लाग्नुप¥यो । तर, यो काम रातारात सम्भव छैन । जाडोयाममा घरलाई न्यायो बनाइराख्नुपर्ने भएकाले जर्मनीमा ऊर्जा खपत बढी हुन्छ । युक्रेनमाथिको रुसी हमलापछि विश्लेषकहरूले जर्मनीमा भयानक मन्दी आउने आकलन गरेका थिए । मन्दी नै आए पनि आकलन गरिएअनुसारको खराब स्थिति भने अहिले छैन । आइएनजी बैंकका अर्थशास्त्री कास्र्टेन बे्रस्कीले जाडो कम हुनु, प्रमुख बजार चीन अगाडि आउनु र कोरोना महामारीपछि सप्लाई चेनमा सुस्तता आउनुले पनि अर्थतन्त्रलाई मन्दीमा आउनबाट रोक्न सकेनन् । ‘महँगी रोक्न युरोपियन केन्द्रीय बैंकको ब्याजदर बढाउने फैसलातिर लक्षित गर्दै बे्रस्की भन्छन्, ‘क्रयशक्तिमा कमी, औद्योगिक माग घट्नु र मौद्रिक नीति कसिलो बनाउनुले अर्थतन्त्रलाई अझै केही समय पछाडि धकेल्छ ।’

यता, विशेषज्ञहरू भने अमेरिकी अर्थतन्त्र सुस्त हुने अनुमान र जारी रुस–युक्रेन युद्धको बोझ पनि आउटपुटमा पर्नेछ । यी सबै तथ्यांकले जर्मनीमा नीतिनिर्मातालाई समस्या पैदा गरेको छ । सुरुवाती झुकाव हेरेर उनीहरूले यो वर्ष विकास दर ०.४ प्रतिशत हुने प्रक्षेपण गरेका थिए । 

त्यसो त चान्सलर ओलाफ सल्त्सले जर्मनीले संकुचित अर्थतन्त्रबाट उत्पन्न हुने समस्यासँग जुझ्न पर्याप्त उपाय भएको बताएका थिए । तर, अहिले उनले भनेजस्तो अवस्था देखिँदैन । जर्मनीमा मन्दी नौलो होइन । हालसालकै कुरा गर्दा सन् २०२० मा कोराना महामारीले पूरै युरोपलाई तहसनहस पार्दा यसको चपेटामा जर्मनी परेको थियो । त्यतिवेला सरकारले अर्थतन्त्रको ठूलो हिस्सामा तालाबन्दी गर्नुपरेको थियो ।

जर्मनीका लगानीकर्ता को ? : सन् २०२२ मा अमेरिकी कम्पनी इन्टेलले १७ अर्ब डलरको लगानी जर्मनीमा चिप फ्याक्ट्रीमा लगाउने घोषणा ग¥यो । सो वर्षका ठूलो घोषणामध्ये एक थियो, यो । सेमिकन्डक्टर, ई–मोबिलिटी र ग्रिन इजर्नीजस्ता प्राविधि क्षेत्रमा दिनप्रतिदिन लगानी बढिरहेको छ । तर, अमेरिकी राष्ट्रपति जो बाइडेनको रिडक्सन इन्फ्लेसन एक्टले लगानीकर्ता अमेरिकातिर आकर्षित हुन सक्ने अनुमान छ । जर्मनी ट्रेड एन्ड इन्भेस्टमेन्टका सिइओ रोबर्ट हेरमेन भन्छन्, ‘करिब १८ सय कम्पनीले सन् २०२२ मा लगानी गरेर काम सुरु गर्ने घोषणा गरे । यो राम्रो संकेत हो । यसले देखाउँछ, जर्मनी अझै पनि लगानीकर्ताका लागि आकर्षण छ ।’ 

अमेरिका जर्मनीका लागि सबभन्दा ठूलो लगानीकर्ता हो । त्यसपछि क्रमशः स्विट्जरल्यान्ड, बेलायत र चीन आउँछन् । यी राष्ट्रले गर्ने लगानीको घोषणाले २५ अर्ब डलरको प्रतिबद्धता पाएको छ । यति हुँदा पनि चिन्ता भने बाँकी नै छ । कारण, रुस–युक्रेन युद्धको वास्तविक परिणाम यो वर्ष थाहा हुनेछ । रुसबाट आउने तेल र ग्यासमा तीव्र कटौती भएसँगै जर्मनीमा मूल्यवृद्धि उच्च छ । तर, यसैका कारण अक्षय ऊर्जा स्रोत पनि विस्तार भएको छ । अहिले जर्मनीले करिब आधाजसो ऊर्जा सौर्य र वायु ऊर्जाबाट जुटाउन थालेको छ । 

आर्थिक सूचकांकमा जर्मनी : विश्व बैंकको पछिल्लो तथ्यांक हेर्दा जर्मनीको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ४.२६ ट्रिलियन डलर देखिन्छ । दुई दशकअगाडि अर्थात् सन् २००० मा यस्तो जिडिपी १.९ ट्रिलियन डलर थियो । अहिलेको जिडिपी दुई दशकपछिकै सर्वाधिक हो । यस्तै, सन् २००० मा २३ हजार ६ सय डलर प्रतिव्यक्ति आय रहेको जर्मनीमा पछिल्लो तथ्यांकअनुसार प्रतिव्यक्ति आय ५१ हजार छ । वार्षिक २.६ प्रतिशतका दरले वृद्धि भइरहेको जिडिपी प्रत्यक्ष वैदेशिक लगानी जिडिपीको १.७ प्रतिशत र बेरोजगारी दर ३ र उपभोक्ता मूल्यमा मुद्रास्फीति ६.९ रहेको देखिन्छ । यो विश्व बैंकको पछिल्लो तथ्यांक (सन् २०२१) हो । गत महिना जर्मनीको मुद्रास्फीति ७.२० प्रतिशत छ, जुन गत महिना ७.४० र गत वर्ष ६.३० प्रतिशत थियो । 

– एजेन्सीहरूको सहयोगमा

ad
ad
ad
ad