Skip This
रास्वपाप्रति खनालको टिप्पणी  ः घण्टी अराजकताको संकेत हो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १३ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १३ शनिबार १६:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाप्रति खनालको टिप्पणी  ः घण्टी अराजकताको संकेत हो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १३ शनिबार १६:२७:oo

पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरूको समीक्षा हुनुपर्ने बताएका छन्। प्राप्त उपलब्धिहरूको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने उनको दाबी छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै ‘घण्टी’ अराजकताको संकेत भएको टिप्पणी गरे। आन्दोलनमा ठूलो भूमिका खेलका पार्टीहरूले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको उनले जिकिर गरे।

‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ। यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ। कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्। यो प्रकारको एउटा अवस्था आउँछ। ढोल र घण्टीहरू भनेका अराजकताका संकेतहरू हुन्। देशमा आउँदै गरेको अराजकताका। यो देशका जुन ठूला मेजर पार्टीहरू हुन्, जसले क्रान्ति गर्न ठूलो भूमिका खेले, खेलेकै हुन्। तर, उनीहरूले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सकेनन्। त्यसकै कारण अहिले परिस्थिति यस्तो भएको हो,’ उनले भने।

खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनीसमेत दिएका छन्।