१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस कुहिरोमा हराएको कागजस्तो अवस्थामा छ : केन्द्रीय सदस्य सिवाकोटी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३५:oo

सत्तासाझेदार दल नेपाली कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले कांग्रेस कुहिरोको कागजस्तो भइरहेको बताएका छन्। प्रेस युनियनको ३२औँ स्थापना दिवस समारोहमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी अहिले फाली निस्केको हलोजस्तो भएको भन्दै गुनासो गरे।

‘उत्साह बोकेर आएको साथीहरू देशभर छन्। यो उत्साह घट्दै गएको छ। यसलाई जोगाउन नेतृत्वले ध्यान दिनुपर्नेछ। तपाईंहरूलाई हेरेर हामी राजनीतिमा आएका हौँ,' उनले भने।

केन्द्रीय सदस्य सिवाकोटीले पार्टी केन्द्रीय समिति बैठक नराखेर सभापति शेरबहादुर देउवाले आधिकारिक धारणा राख्न छेकेको गुनासो गरे। उनले केन्द्रीय सदस्यहरूले पनि बोल्ने ठाउँ चाहिएको भन्दै बैठकको माग गरे।

‘नौ महिनादेखि केन्द्रीय समिति बैठक बस्न सकेको छैन। पदाधिकारी र पूर्वपदाधिकारीको नाममा पार्टीको निर्णय हुँदै आएको छ,’ उनले भने, ‘हामीले पनि बोल्ने ठाउँ चाहिएको छ। ’

पार्टीमा विधानको पालना हुन नसकेको भन्दै निर्मम समीक्षाको माग उनले गरे। पार्टी यसरी चले आउँदो चुनाव फलामको चिउरा चपाउनुसरह हुने उनले जिकिर गरे। ‘विधानको पालना हुन सकेको छैन। यसमा नेतृत्वले निर्मम समीक्षा गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, 'केही साथीहरूको विचार संश्लेषण गरेर नयाँ रूपमा अघि नबढे ८४ सालको चुनाव फलामको चिउरा चपाउनुसरह हुनेछ।’