१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा शुक्रबार नेपाल पुलिस क्लबले खुमलटारलाई २–० ले हराएको छ । जितसँगै पुलिसले २१ खेलमा २८ अंक बनायो । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:५o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘ए’ डिभिजन क्लबहरूको गुनासो- एन्फामा भद्रगोल भयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:५o:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा दशरथ रंगशाला, च्यासल तथा सातदोबाटोको एन्फा कम्प्लेक्समा सहिद स्मारक ‘ए’ डिभिजन लिग चलिरहेको छ । डबल राउन्ड रोबिनअनुसार लिगमा २१औँ चरणका खेल सकिएका छन् । चर्च ब्वाइज, मच्छिन्द्र तथा जावलाखेलबीच उपाधि होडबाजीमा त्रिकोणात्मक बनिरहेको छ । एक किसिमले लिग क्लाइमेक्सतिर अग्रसर भइरहेको छ । तर, लिगमा सहभागी १४ मध्ये १० टोलीका पदाधिकारीले आयोजक एन्फाले सञ्चालन गतिलोसँग नगरेको दाबी गरेका छन् । 

फितलो व्यवस्थापनका कारण लिगमा धेरै विवाद आएपछि र एन्फाको पछिल्लो कार्यशैलीबाट असन्तुष्ट बनेका ती १० क्लबका पदाधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो दुखेसो पोखेका हुन् । एन्फाले क्लबहरूसँग गरेको सम्झौताअनुसार २१औँ चरणको खेल सुरु हुँदा पनि एन्फाले काम नगरेको क्लबका पदाधिकारीले आरोप लगाएका छन् । सम्झौताअनुसार सहभागी क्लबलाई एन्फाले तीन किस्तामा गरी तयारी खर्चबापत ३२ लाख ५० हजार रुपैयाँ दिनुपर्ने थियो । तर, एन्फाले अहिलेसम्म क्लबहरूलाई १५ लाखभन्दा बढी दिन सकेको छैन ।

‘हामीले पाँचौँ चरणपछिको तयारी खर्च पाउन सकेका छैनौँ,’ पत्रकार सम्मेलनमा सहभागी पदाधिकारीको सामूहिक आवाज थियो, ‘तयारी खर्च र म्याच फी पाउन हामीले एन्फालाई बारम्बार ताकेता गरेका थियौँ, अझैसम्म कार्यान्वयन भएको छैन ।’ एन्फाको असामान्य व्यवहारपछि असन्तुष्ट क्लबका पदाधिकारीले एन्फालाई ज्ञापन पत्रसमेत नबुझाएका होइनन् । ज्ञापनपत्र बुझाउँदा एन्फालाई एक हप्ताको भाका दिइएको थियो । तर, एन्फाले चार महिना बित्दासमेत वास्ता नगरेको आरोप उनीहरूको छ । 

‘हामीले तयारी खर्चबापतको दोस्रो र तेस्रो किस्ताको रकम पाउन सकेका छैनौँ, म्याच मनी र प्लेयर अफ द म्याचले पाउने पैसा पनि दिइएको छैन,’ संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले भने, ‘खेलतालिका पुनर्विचार गर्नका लागि पटक–पटक भन्यौँ, अहिले एक दिनको अन्तरमा पनि खेल खेल्नुपर्ने अवस्था छ ।’ 

एन्फालाई आर्थिक अभाव छैन
एन्फाका पूर्वमहासचिवसमेत रहेका संकटा क्लबका अध्यक्ष तुलाधरले वर्तमान समयमा एन्फालाई कुनै आर्थिक अभाव र समस्या नभएको बताएका छन् । पछिल्लो समयमा एन्फाले आर्थिक अभावकै कारण नेपालले एएफसी यू–२३ छनोटमा सहभागिता नजनाएको निर्णय गरेको थियो । एन्फाको सो निर्णयमाथि घुमाउरो रूपमा प्रतिक्रिया दिँदै तुलाधरले भने, ‘नेम्वाङको नयाँ कार्यसमिति आउँदा फिफाबाट प्राप्त तीन लाख अमेरिकी डलर खातामा थियो, सम्भवतः अहिले त्यसमा रकम थपिएको हुनुपर्छ, यसै कारण एन्फामा आर्थिक अभाव भएको म देख्दिनँ ।’ 

तुलाधरले एन्फाका पदाधिकारी विदेश भ्रमणमा जाँदा आर्थिक अभाव नहुने टिप्पणी गरेका छन् । ‘पदाधिकारी विदेश भ्रमणमा जाँदा कुनै समस्या नहुने, तर एएफसीको प्रतियोगितामा सहभागी हुन आर्थिक अभाव हुने ?’ प्रतिप्रश्न गर्दै उनले भने, ‘एन्फाले समयमा प्रतियोगिताका लागि नेपालको नाम दर्ता नगरेको हो । यो व्यवस्थापकीय कमजोरी हो । एन्फाले गल्ती स्वीकार गर्नुपर्छ ।’