मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १२ शुक्रबार
  • Friday, 28 August, 2026
२o८o जेठ १२ शुक्रबार १८:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बागमती प्रदेश खेलकुद : पुरुष क्रिकेटमा चितवनलाई स्वर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १२ शुक्रबार १८:५o:oo

दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न पुरुष क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ।

चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा ललितपुरलाई ३६ रनले हराउँदै चितवनले पुरुषतर्फको उपाधि जितेको हो। निर्धारित २० ओभरमा १६७ रनको लक्ष्य पछ्याएको ललितपुरले आठ विकेट गुमाउँदै एक सय ३० रन मात्रै बनाएपछि चितवनले सहज जित निकाल्यो।

ललितपुरका लागि विवेक रानामगर २७ रनमा नटआउट रहँदा ओपनर आशुतोष घिरैया २५, रोनिम तिवारी १६ र आरस तामाङले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

चितवनका लागि दिवस आचार्यले पाँच, दीपेश श्रेष्ठले दुई तथा गौतम केसीले एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६६ रन बनाएको थियो। ललितपुरका लागि गौतम केसीले ३६, पाल्देनले ३४, जेनिस र प्रतीक श्रेष्ठले समान ३२/३२ रनको योगदान दिए।

ललितपुरका ओपनर साकार ढकाल चार र सन्तोष न्यौपाने एक रनमा आउट भए। ललितपुरका प्रसिद्धले तीन विकेट लिँदा विवेक रानामगरले दुई तथा युनिस थापा र आदिल खानले समान एक–एक विकेट लिए।

प्रतियोगितामा काठमाडौंका इसान पाण्डे प्लेयर अफ दी सिरिज हुँदा काठमाडौंकै मनोज यादव उत्कृष्ट बलर र चितवनका प्रतीक श्रेष्ठ उत्कृष्ट ब्याटर घोषित भए।