१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अब वर्षाका कारण उपत्यकाको फोहाेर लैजान नरोकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१५:oo

अब वर्षाको समयमा सडककै कारण काठमाडौं उपत्यकाको फोहाेर बन्चरेडाँडास्थित फोहाेरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ। विगतका वर्षहरूमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहाेर लैजान समस्या हुने गरेको थियो।

सरकारले केही समय पहिले द्रुतमार्ग (फास्ट ट्र्याक) बाट ठेक्का लगाएर फोहाेर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–विदुर सडक योजनाले जनाएको छ।

पहिलेको ठेक्का तोडिएपछि नयाँ ठेक्कामार्फत काम गर्दा बढी समय लाग्ने हुँदा ‘फास्ट ट्र्याक’बाट ठेक्का लगाएर निर्माण गरिएको योजनाका इन्जिनियर सागर भण्डारीले जानकारी दिए। उनले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गर्नासाथ काम सुरु गरेर चार महिनाभित्रै सकाइएको हो।’ 

सडक विभागले एक दशक पहिले बालाजु–रानीपौवा सडक निर्माणको जिम्मेवारी सैलुङ कन्स्ट्रक्सनलाई दिएको थियो। पटक–पटक अवधि थप हुँदासमेत सडक निर्माण नगरेकाले ठेक्का तोडिएको उनले बताए। 

पुरानो ठेक्का तोडेर तीनपिप्लेबाट मुड्खुसम्म नयाँ ठेक्का लगाएर काम सम्पन्न भएको योजनाले जनाएको छ। सो खण्डको सडक झन्डै साढे चार किलाेमिटर लामो  छ। गत असोज २६ देखि  नयाँ ठेक्कामा गएकामा २८ गतेदेखि काम सुरु भएको उनले बताए। 

लामो समयदेखि अवरुद्ध सडकका कारण त्यहाँका नागरिकले दुःख पाइरहेका थिए । वर्षाका कारण सडक भासिने र फोहाेर बोकेका गाडी जान नसक्दा बर्सेनि फोहाेरका गाडी फर्कने गरेका थिए । गत वर्ष वर्षाको समयमा महिनौँसम्म फोहाेर उठ्न नसकेपछि सरकारले सो सडक निर्माण चाँडो सकाउन चासो देखाएको थियो।

बालाजु–त्रिशूली–छहरे सडकमा बालाजु–त्रिशूली दुई ठेक्का र त्रिशूली–छहरे एउटा ठेक्का गरी तीनवटा ठेक्का गरिएको थियो। तीमध्ये तीनवटै ठेक्कामा काम ढिलाइ भएको छ। 

बालाजु–त्रिशूली ५५ किलाेमिटर र त्रिशूली–छहरे ११ किलाेमिटर गरेर यो योजनाले ६६ किमीलाेमिटर सडक योजनाको कार्यक्षेत्रमा परेको छ। यी तीनै कम्पनीसँग ०७०/७१ मा ठेक्का सम्झौता गरिएको थियो।