राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा अध्ययरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएपछि विद्यार्थी प्रदर्शनमा उत्रिएका छन्।
कक्षा १० मा अध्ययनरत राजगढ गाउँपालिका– १ झुटकीका लक्ष्मणप्रसाद यादवका १५ वर्षीय छोरा पेसलानन्दको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको थियो। प्रत्यक्षदर्शीका अनुसार विद्यालयले नियमित रूपमा शुक्रबार आयोजना गर्दै आएको खेदकुद प्रतियोगिताका लागि पेसलानन्दलाई स्पिकर बजाउन विद्युतको पोलमा हुकिङ गर्न खटाएको थियो।
हुकिङ गर्ने क्रममा ११ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
विद्यालय प्रशासनको लापरबाहीका कारण घटना भएको भन्दै विद्यार्थी विद्यालयको गेटअगाडि प्रदर्शनमा उत्रिएका हुन्।