मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १२ शुक्रबार ०९:२८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एक वर्षपछि राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १२ शुक्रबार ०९:२८:००

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग बिहीबार शिष्टाचार भेट गरेका छन् । राजदूतका रूपमा एक वर्षअघि नयाँदिल्ली गएका शर्माको भारतीय विदेशमन्त्रीसँग विदेश मन्त्रालयमा पहिलोपटक शिष्टाचार भेट भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भएको भेटमा दुवै पक्षले द्विदेशीय बहुपक्षीय साझेदारी विस्तारमा जोड दिएका छन् । ‘आज बिहान नेपाली राजदूतसँग भेट्दा खुसी लाग्यो । हामीबीच गहिरो र बहुपक्षीय साझेदारीका बारेमा छलफल भयो । आगामी दिनमा यसलाई थप विस्तार गर्न हामी प्रतिबद्ध छौँ,’ जयशंकरले भेटपछि ट्विटरमा उल्लेख गरेका छन् । भेटपछि पहिलो ट्विट जयशंकरले गरेका हुन् । 

राजदूत शर्माले पनि भेटबारे ट्विटरमा सार्वजनिक गरेका छन् । ‘विदेशमन्त्री डा. एस जयशंकरजीलाई उहाँको कार्यालयमा भेट्दा खुसी लाग्यो,’ शर्माले लेखेका छन्, ‘हामी दुवैले दुई देशबीच रहेको सदिऔँ पुरानो बहुआयामिक सम्बन्धलाई अझ फराकिलो र गहिरो बनाउने इच्छा र प्रतिबद्धता जनाएका छौँ ।’ दिल्लीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई दिएको जानकारीअनुसार भेटमा प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणबारे चर्चा भएको छ । यद्यपि, प्रधानमन्त्रीको भ्रमणको सन्दर्भ जयशंकर र शर्मा दुवैको ट्विटमा उल्लेख छैन ।