१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बागमतीको नीति तथा कार्यक्रम १४ जेठमा आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:१o:oo

बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम १४ जेठमा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको बिहीबारको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिएका हुन् । 

प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको विनियोजित विधेयक ०८०÷८१ को सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सकिएलगत्तै सभामुख पाठकले प्रदेश सभाका सदस्यलाई नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन १४ जेठमा औपचारिक पोसाकमा उपस्थित हुन आग्रह गरेका थिए ।

एमालेले बागमती प्रदेश सरकार अहिलेको आर्थिक संकटप्रति सचेत नरहेको आरोप लगाएको छ । बिहीबार एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले सरकार वर्तमान आर्थिक संकटको सामना गर्ने गरी अगाडि नबढेको आरोप लगाएका हुन् । उनले प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी वर्षको नीति तथा कार्यक्रममाथि सुझाव दिँदै सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा चालू खर्चमा कटौती गर्न र साधारण खर्च रोक्न सुझाव दिए पनि सरकारले बेवास्ता गरेको दाबी गरे ।

चालू खर्चलाई कटौती गर्न र साधारण खर्च रोक्न सुझाव दिएका थियौँ । तर, सरकारले ती सुझाव मान्नुको साटो मन्त्रीको संख्या बढाउने र विनाविभागीय मन्त्री बनाउनेजस्ता गैरजिम्मेवार काम गरेको छ,’ उनले भने । प्रमुख सचेतक पौडेलले मन्त्रालयको संख्या १३ पु¥याउने तयारी भइरहेको आरोप पनि लगाए ।

ad
ad