१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिआरसीमा संशोधनकर्ता बोलाउने कानुन उपसमितिको निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१७:oo

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार उपसमितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल गर्न संशोधनकर्ता सांसदलाई बोलाउने निर्णय गरेको छ। 

बिहीबार बसेको ११ सदस्यीय उपसमिति बैठकले बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्यनिरुपण तथा मेलामिलाप आयोग तेस्रो संशोधन विधेयकमा संशोधन राखेका ३१ सांसदलाई बोलाउने निर्णय गरेको हो। 

उपसमिति सदस्य एवं एमाले सचेतक महेश बर्तौलाका अनुसार संशोधनकर्तासँग १४ र १५ जेठमा छलफल गरिनेछ। १४ गते २ बजे शंकर हलमा र १५ गते साढे ११ बजे सिंहदरबारमा छलफल हुनेछ। 

‘दुई चरणमा संशोधनकर्ताको प्रारम्भिक भनाइ सुन्छौँ। त्यसपछि सरोकारवाला मानव अधिकार आयोग, पीडित, विज्ञ बोलाउँछौँ। त्यसपछि दफावार छलफलमा जान्छौँ,’ बर्तौलाले भने।