१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सफा हिमाल अभियानद्वारा ४५ दिनमै ३४ हजार १६६ केजी फोहोर संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५४:oo

नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरू– सगरमाथा, लाेत्से, अन्नपूर्ण र बरुणत्सेबाट फोहोर संकलन गर्न प्रारम्भ भएको यसपालिको सफा हिमाल अभियान सफलतापूर्वक आधा बाटो आइपुगेको छ।

विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाइ कार्यक्रममध्येको एक यस अभियान, अन्य धेरै संस्थाहरू लगायत कोकाकोला फाउन्डेसनले प्रमुख दाताको रूपमा सहकार्य गरी २८ मार्चमा सुरु भएको थियो र ५ जुनमा सकिनेछ।

प्रत्येक वर्ष सयौँ आरोही, शेर्पा र भरियाहरूको टोली यी हिमाल चढ्न जाँदा, चुचुराहरूमा पुग्ने बाटोमा आफूसँगै बायोडिग्रेडेबल र नन–बायोडिग्रेडेबल फोहोर पछाडि छोडेर चुनौतीपूर्ण फोहोर व्यवस्थापनको समस्या निम्त्याउँछन्।

नेपाली सेना र शेर्पा समर्थक गरी ९७ जनाको सदस्यता रहेको अभियान टिमले अत्यन्तै कठिन मौसमी अवस्था झेल्नुपरेको थियो जसले गर्दा सरसफाइको प्रयास सुस्त भई हालसम्म चार हिमालबाट ३४ हजार एक सय ६६ केजी फोहोर संकलन गरेको छ। 

खाली अक्सिजन क्यानिस्टर, यत्तिकै छोडिएका टेन्टहरू, खाना राखिने कन्टेनर, प्लास्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक ग्याजेटलगायतका फोहोर संकलन गर्दै टिमले यस वर्षको ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्यसहित अभियानलाई निरन्तरता दिएको छ।

अहिले भइरहेको यस अभियानबारे बोल्दै सफा हिमाल अभियान २०२३ का निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेले सफा हिमाल अभियान विभिन्न हिमालहरूको स्वच्छता जोगाउनका लागि एउटा सबल कदम रहेको बताए।

पहिलो संस्करणदेखि नै प्रमुख दाताका रूपमा कोकाकोला फाउन्डेसन आबद्ध रहेको सफा हिमाल अभियान हाल चौथो शृंखलामा छ। नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरू संलग्न भई हिमाली क्षेत्रको वातावरण संरक्षण र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले गरिएको पहल हो। 

हिमालको सुन्दर इकोसिस्टम जोगाउन सबैको सामूहिक दायित्व झल्काउने गरी यस वर्ष अभियानको नारा ‘हिमाल बचाउने प्रयास : हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ छ।

लक्षित चार हिमालबाट फोहोर संकलनलाई प्रभावकारी बनाउन टिमले स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित निकायहरूसँग समन्वयमा काम गरिरहेको छ।

जारी रहेको सफा हिमाल अभियानबारे बोल्दै सफा हिमाल अभियानका प्रमुख साझेदारहरूमध्ये एक क्रिएसनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले सफा हिमाल अभियान सचेतना जगाउने र नागरिकको रूपमा सामूहिक दायित्व सम्झाउने एक शक्तिशाली प्रयास रहेको बताए। 

३५ टन फोहोर संकलन गर्ने लक्ष्यमा पुगेपछि अभियानको सफलताको खुसियालीमा काठमाडौंमा अन्तिम उत्सव मनाउनका लागि कार्यक्रम आयोजना गरिने भएको छ।

जुन ५ तारिखमा अर्थात् विश्व वातावरण दिवसको अवसरमा भावी पुस्ताका लागि वातावरण संरक्षणमा सामूहिक पहलको महत्वलाई जोड दिँदै यो अभियान समापन गरिनेछ।