१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ११ बिहीबार
  • Saturday, 26 April, 2025
श्रवण थापा सर्लाही
२o८o जेठ ११ बिहीबार १२:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीको बागमतीमा अस्थायी प्रहरी चौकी स्थापना

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८o जेठ ११ बिहीबार १२:o१:oo

सर्लाहीको बागमती नगरपालिकामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। बुधबार एक कार्यक्रमबीच बागमती नगरपालिका– १० शंकरपुरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो। 

स्थापना गरिएको चौकीको मधेस प्रदेश सभा सदस्य जवाहरलाल कुसवाहले उद्घाटन गरे। तत्काललाई शंकरपुरको सोल्टी बजारनजिकै रहेको साना किसान कृषि सहकारी संस्थाको भवनमा प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको  छ। 

अस्थायी प्रहरी चौकी उद्घाटन गर्दै प्रदेश सभा सांसद कुसवाहले नागरिकले शान्ति सुरक्षा र अमनचयन महसुस गर्ने अवस्था सिर्जना हुने बताए। द्वन्द्वकालमा उठेर गएको प्रहरी चौकी लामो समय स्थापना हुन नसक्दा यस क्षेत्रमा सुरक्षा चुनौती थपिएको थियो।

बागमती नगरपालिकाकै ठूलो बजार सोल्टीमा प्रहरीको उपस्थिति कम्जोर बन्दा पटकपटक चोरी र लुटपाटको घटना हुने गरेका थिए। चोरी तथा लुटपाटका घटनाबाट आजित स्थानीय, व्यापारी, राजनीतिक दल तथा जनप्रतिनिधिसमेतको अथक प्रयासमा शंखरपुरमा चौकी पुनः स्थापना भएको हो। 

सोही कार्यक्रममा बोल्दै बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले नगरको सुरक्षामा अस्थायी प्रहरी चौकी शंकरपुरको महत्वपूर्ण भूमिका रहने बताए।