Skip This
कर्णाली नदीमा उद्धार पूर्वाभ्यास [तस्बिरहरू] 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १० बुधबार
  • Saturday, 27 July, 2024
२o८o जेठ १० बुधबार ११:५८:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कर्णाली नदीमा उद्धार पूर्वाभ्यास [तस्बिरहरू] 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १० बुधबार ११:५८:oo

कर्णाली नदी अथाह सम्भावना बोकेको नदी हो। यही नदीमा माछा मारेर जीवन गुजार्ने देखि यही नदीको सिचाँईबाट नदी छेउमा उत्पादन भएको अन्न उपार्जनले खाद्यान्न संकट समाधानमा केही मात्रामा सहयोग गरेको छ।

हजारौँ मेगावाट विद्युत् उत्पादनको क्षमता भएको कर्णाली नदीले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नागरिकहरूलाई पिउने पानीको सहायता समेत गरेको छ।

कर्णाली र सुदूरपश्चिमका जनताहरूलाई पुराएको प्रत्यक्ष फाइदासँगै मनसुनका बेला हुने विभिन्न खाले बिपद्बाट पनि करोडौँ क्षति यो क्षेत्रका बासिन्दाहरूले भोग्दै आएका छन्।

बेला बेलामा आउने बिपद्बाट कसरी जोगिन सकिन्छ र नदीलाई आफ्नो लयमा कसरी बग्न दिने भन्ने विषयमा कर्णाली नदी किनारमा नदीजन्य विपद्बाट जोगिन पूर्वाभ्यास गरिएको छ।

पूर्वाभ्यासमा कर्णाली प्रदेशका सभासदहरु, ६ जिल्लाका सुरक्षा प्रमुखहरू, दैलेखका ११ वटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू, कर्णाली प्रदेशका सुरक्षा निकायका प्रमुखहरू सँगै  कर्णाली प्रदेशका कानुन मन्त्री लगायत सयौँको उपस्थिति कर्णाली नदी किनारमा भयो। 

हरेक वर्ष कर्णाली नदीले निम्त्याएका विभिन्न खाले बिपद्बाट जोगिने विषयसँगै सरकारको उपस्थिति घर आँगनमै भएपछि स्थानीयले आगामी दिनमा आउने विपद्बाट जोगिने उपायको जानकारी मात्र पाएनन्, सरकारका प्रमुखहरुनै प्रत्यक्ष प्रभावित क्षेत्रमा पुगेर स्थलगत अध्ययन गरेपछि आगामी दिनका बिपद्बाट जोगिन सहज हुने सकिने भन्दै खुसी व्यक्त गरे।

आठवीस नगरपालिका उपप्रमुख कल्पना थापाले भनिन् गत दशैको बेला आएको बाढीले करोडौँको उत्पादनयोग्य जमिन बगायो, धनको क्षतिसँगै मानवीय क्षेतीबाट कसरी जोगिने भन्ने बारेमा जनताले प्रत्यक्ष रूपमा अभ्यास देखेपछि केही राहत हुने छ।

जिल्ला विपद् व्यवस्थापन समिति दैलेख र स्थानीय संघ संस्थाहरूको सहयोगमा कर्णाली प्रदेश स्तरीय प्रतिकार्य सम्बन्धी पूर्वाभ्यास राकमकर्णालीका जनताहरूले प्रत्यक्ष रूपमा अवलोकन गरे । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले कर्णाली नदीमा मनसुन प्रतिकार्यसम्बन्धी उद्धार अभ्यास गरेको थियो।

बाढीमा परेका नागरिकलाई कसरी उद्धार गर्ने, उद्धार गरेर कसरी सुरक्षित स्थानमा लिने, कसरी प्राथमिक उपचार गर्ने र कसरी थप उपचारका लागि स्वास्थ्य संस्थामा पुर्‍याउने विषयहरू पूर्वाभ्यासमा देखाइएको छ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले जोखिम मोल्नुपर्ने बाध्यतालाई जनताले बुझेर सचेत हुनुपर्ने सुझाव दिनुहुँदै सरकारले जोखिम बस्ती स्थानान्तरण अभियानलाई प्रभावकारी बनाउने काम सुरु गरिसकेको बताए। 

केही समयअघि दैलेखको आठवीस नगरपालिकामा आगलागीमा परेर ९ जना घाइते भएका थिए भने १ जनाको मृत्यु भएको थियो।

यस्तो बिपद्मा जिल्लाका पालिका सरकारहरूले पनि पालिका स्तरमा समन्वयात्मक भूमिका बढाउनुपर्ने र एउटा पालिकामा विपद् पर्दा अर्को पालिकाले मलम लगाउने कामहरू गर्नुपर्ने सुझाव दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले दिएका छन्।

६ जिल्लाका सुरक्षा प्रमुखहरूको बैठकले समग्र शान्ति सुरक्षा कायम, लागू औषध ओसारपसार तथा दुर्व्यसनी नियन्त्रण, विपद्का बेलामा अन्तर जिल्ला समन्वय लगायतका विषयमा छलफल भएको थियो।

[स्थलगत रिपोर्ट]