मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ १० बुधबार ११:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाममा करेन्ट लागेर युवकको मृत्यु

Read Time : < 1 मिनेट
२०८० जेठ १० बुधबार ११:२०:००

अछाममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका– ४ कुसकोटका ३१ वर्षीय सर्जन साउदको मृत्यु भएको हो।

उनी कुसकोटस्थित जनकल्याण माविका लागि विद्युत् विस्तार गर्ने क्रममा पोलमा चढेका थिए। विद्युत् पोलमा तार तान्दै गर्दा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए।

उनका अनुसार साउदको करेन्ट लागेर पोलमा झुन्डिएकै अवस्थामा मृत्यु भएको थियो। उनको शव सदरमुकाम मंगलसेनमा रहेको जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको छ।