मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १० बुधबार १०:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १० बुधबार १०:०५:००

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसले देशभर बदली रहनुका साथै अधिकांश स्थानमा वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको प्रभावले बदली र वर्षा गराएको  अहिले कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै केही स्थानमा छिटफुट वर्षा भइरहेको छ ।

दिउँसो देशभर पूर्णतया बदली रहनेछ । देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र ट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोसी, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । कोसी, मधेस र बागमती प्रदेशका तराईका केही स्थानमा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।