१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ९ मंगलबार
  • Sunday, 11 May, 2025
२o८o जेठ ९ मंगलबार १९:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तिम समयमा अन्तरप्रदेश मुख्यमन्त्री बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ९ मंगलबार १९:३८:oo

बुधबार पोखरामा हुने भनिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।

गण्डकी प्रदेश सरकारको आयोजनामा हुने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने टुंगो नलागेपछि स्थगित भएको जनाइएको छ।

उक्त कार्यक्रममा प्रधानमन्त्री दाहाल प्रमुख अतिथि, सात प्रदेशका मुख्यमन्त्रीहरूसँगै प्रदेशका प्रमुख सचिवहरू सहभागी हुने कार्यक्रम थियो।

मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी गराएका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा प्रदेश सरकारको अनुभव आदानप्रदान गर्ने उद्देश्यले १० जेठ ०८० पोखरामा हुने भनिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक तत्कालका लागि स्थगित भएको व्यहोरा जानकारीको लागि अनुरोध छ।’ विज्ञप्तिमा बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन।

प्रदेश सरकारको अनुभव आदानप्रदान र प्रदेश सरकारले अधिकार नपाएको विषयमा छलफल तथा दबाब दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो।

गण्डकी सरकारले यसअघि २१ भदौ ०७५ मा समेत प्रदेशका मुख्यमन्त्रीहरूको भेला पोखरामा आयोजना गरेको थियो । भेलाले विभिन्न आठ निर्णयहरू गरेको थियो। तर, निर्णय गरेको पाँच वर्ष हुन लाग्दासमेत भेलाले गरेका निर्णयहरू हालसम्म कार्यान्वयन भएका छैनन्।