मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ ९ मंगलबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ९ मंगलबार १९:१२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

कलाकार अधिकारी र मानन्धर भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म अवार्डबाट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ९ मंगलबार १९:१२:oo

नेपाली चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धर भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड २०२३ बाट सम्मानित भएका छन्।

उनीहरू नेपाली चलचित्र क्षेत्रमा वर्षौँदेखिको महत्त्वपूर्ण योगदान गरेको कदरस्वरुप भारतको मुम्बईमा यही जेठ ७ गते सम्पन्न सो अवार्ड समारोहमा सम्मानित भएका हुन्। 

भारतको सूचना तथा प्रसारण मन्त्रालयले आयोजना गरेको ६९औँ संस्करणको ‘दादासाहेब फाल्के अवार्ड’मा नेपालबाट क्रमशः उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको रूपमा सम्मानित उनीहरू सम्मानित भएका हुन्। 

सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै निर्देशक अधिकारीले भने, 'स्वर्ग, मैले सुनेको मात्रै, देखेको छैन, मेरो देश नेपाल, स्वर्गजस्तो छ । त्यसपछि, म महाराष्ट्र मुम्बईलाई अर्को स्वर्ग मान्छु, जहाँ मैले सिक्न र काम गर्ने अवसर पाएँ।' 

अभिनेत्री मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा कृतज्ञता व्यक्त गर्दै भनिन्, 'कला भनेको सिमाना नाघेर मानिसको जीवनलाई समृद्ध बनाउने विश्वव्यापी भाषा हो।'

दादासाहेब फाल्केको नाममा रहेको राष्ट्रिय चलचित्र पुरस्कार समारोह चलचित्र उद्योगमा असाधारण योगदानको कदर गर्न हरेक वर्ष आयोजना हुँदै आएको छ।