
सानिमा बैंक लिमिटेडले लमजुङको बेँसीसहर नगरपालिकाको त्रिवेणी टोलमा शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले संयुक्त रूपमा गरेका हुन् ।
उद्घाटनपछि महजोडीले नयाँ शाखाले सबल र विश्वसनीय बैंकका रूपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना दिएका थिए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए । बैंकले हाल देशका सातै प्रदेशमा एक सय ३१ कार्यालय र एक सय २२ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।