मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ ८ सोमबार
  • Friday, 14 August, 2026
२o८o जेठ ८ सोमबार १३:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, ४ बजे शपथ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ८ सोमबार १३:२२:oo

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार भएको छ। आज सोमबार थप तीन मन्त्री थपिएसँगै मन्त्रीको संख्या १० रहेको छ।  

कांग्रेस, जसपा र जनमतबाट एक/एकजना मन्त्री थप गरिएको हो। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बनाएका हुन्। नवनियुक्त मन्त्रीहरूको आज अपराह्न ४ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथग्रहण गर्नेछन्। 

यसअघि मुख्यमन्त्रीसहित ४ जना मन्त्री नियुक्त भएका थिए। तीमध्ये माओवादी केन्द्रका धनबहादुर मास्कीलाई आर्थिक मामिलामन्त्रीको जिम्मेवारी तोकिएको थियो भने अन्य दुई मन्त्री विनाविभागीय नै थिए। उनीहरूलाई पनि आज जिम्मेवारी तोकिएको छ।  

मन्त्री मास्कीका अनुसार नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेलाई आन्तिरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको हो।

लुम्बिनीमा १० मन्त्रालय छन्। सोहीअनुसार अझै तीनजना मन्त्रीको टुंगो लागेको छैन। बाँकी मन्त्री नियुक्तिको काम बजेटपछि मात्रै हुनेछ। लुम्बिनीका मुख्यमन्त्री चौधरीले वैशाख १५ गते शपथग्रहण गर्दै चारसदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए।

कांग्रेसका डिल्ली चौधरी नेतृत्वको सरकारलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन-तीन, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक-एक र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ।