१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
फाइल तस्बिर
Invalid date format २o:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बझाङ हिमपहिरोमा एक यार्सा संकलकको मृत्यु, दुई बेपत्ता, दुई घाइते  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३९:oo

यार्सा संकलन गर्दै गर्दा बझाङमा हिमपहिरोमा परी एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। यस्तै उक्त घटनामा दुईजना घाइते भएकाे प्रहरीले जनाएकाे छ।  

यार्सा संकलन गर्ने क्रममा आइतबार जिल्लाको सुर्मा गाउँपालिका-२ को धानसेरा भन्ने लेकमा हिमपहिरोमा परी सुर्मा गाउँपालिका-३ का ३८ वर्षीया रामकोइलादेवी बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, ४० वर्षीय उनका श्रीमान् बाबजी बोहरा, जयपृथ्वी नगरपालिका-११ घर भएका १४ वर्षीय आकाश धामी घाइते  भएका छन्। 

जयपृथ्वी नगरपालिका-११ घर भएका १८ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए। 

'यार्सागुम्बा संकलन गर्दैगर्दा माथिबाट हिमपहिरो आएर उक्त घटना घटेको रहेछ,' उनले भने, 'घटनामा परेर घाइते भएकाहरूकाे उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरिएकाे छ। र, बेपत्ताहरूको खोजीकार्यका लागि सुर्मा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ।'