१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o९:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o९:४२:oo

सन् १९९१ : भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या । आक्रमणकारी श्रीलंकाको पृथक्तावादी उग्रवादी संगठन तमिल टाइगर्समा आबद्ध एक महिला भएको विश्वास गरिन्छ । आत्मघाती बम विस्फोटमा कम्तीमा १४ जनाको ज्यान गएको थियो ।

१९०४ : विश्व फुटबलको प्रशासकीय निकाय फिफाको स्थापना । फिफा विश्वकप आयोजनाका लागि जिम्मेवार छ, जुन विश्वको सबैभन्दा धेरै हेरिने खेलकुद घटनामध्ये एक हो ।

सन् २०११ : संयुक्त राज्य अमेरिकी इतिहासमा सबैभन्दा घातक तुफानमध्ये एक तुफान । जोप्लिन नाम दिइएको उक्त तुफानका कारण १६० जनाको मृत्यु हुनुका साथै ठूलो जनधनको क्षति भएको थियो ।

सन् १९७२ : पहिलोपटक अमेरिकी राष्ट्रपतिद्वारा सोभियत युनियनको भ्रमण । पहिलो भ्रमणको रूपमा रिचार्ड निक्सन आजकै दिन मस्को पुगेका थिए ।

सन् १९४२ : जर्मनी, इटाली र जापानमाथि युद्धको घोषणा गर्दै मेक्सीको दोस्रो विश्वयुद्धमा प्रवेश ।

ad
ad