१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:५७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

टुक्रे योजनालाई नियन्त्रण गर्छौँ : मुख्यमन्त्री पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५७:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत प्रदेशभित्रका टुक्रे योजनालाई नियन्त्रण गर्ने बताएका छन्। बाग्लुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना टुक्रे काम गर्ने जिम्मेवारी स्थानीय तहको भएको हुँदा प्रदेश सरकारले साना योजना नबनाउने प्रस्ट पारे।

पाण्डेले तीन तहकै सरकारका योजना उस्तै र दोहोरोपन देखिएको हुँदा २५ लाखभन्दा कममा योजना प्रदेशले नबनाउने बताए। ‘प्रदेश सरकारले बजेटमा सिङिल नै तोकेर योजनाहरू निर्माण गर्नेछ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘जनताले महसुस गर्ने गरी काम गर्नका निम्ति साना योजना बनाउने छैनौँ। साना योजनाका लागि त स्थानीय सरकार नै छ। आवश्यकताका आधारमा सबैलाई समेट्ने नीति तथा कार्यक्रम आउनेछ। त्यहीअनुसार बजेटको पनि तयारी थालिएको छ।’

मुख्यमन्त्री पाण्डेले अब कुनै पनि योजना पहुँचका आधारमा नराख्ने बताए। गण्डकी प्रदेशभित्र रहेका साधन स्रोतहरूको अधिकतम प्रयोग गरेर नै जनताको चाहना पूरा गर्ने बताए। कृषि उत्पादनको वृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने र सामूहिक खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम अबको नीति तथा कार्यक्रममा समावेश गर्ने उनको भनाइ थियो।