१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार २१:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नीति तथा कार्यक्रम पट्यारलाग्दो भाषण बन्यो, बजेटमा सुधार गरियोस् : एमाले महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २१:३९:oo

एमाले महासचिव शंकर पोखरेलले सरकारको नीति तथा कार्यक्रमलाई पट्यारलाग्दो भाषणको संज्ञा दिएका छन् । 

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नीति तथा कार्यक्रमले राजनीतिक अस्थिरता र सामाजिक अराजकताले सिर्जना गरेको बहुआयामिक चुनौतीलाई सम्बोधन गर्न नसकेको बताएका छन् ।

‘राजनीतिक अस्थिरता र सामाजिक अराजकताले सिर्जना गरेको बहुआयामिक चुनौतीलाई सम्बोधन गर्न सकेन,’ उनले लेखेका छन्, ‘धार्मिक अतिवाद र धर्मान्तरका कारणले नेपाली समाजमा भइरहेको सांस्कृतिक मूल्य विघटनको असरलाई न्यूनीकरण गर्ने उपाय प्रस्तुत गर्न सकेन ।’

महासचिव पोखरेलले नीति तथा कार्यक्रमले चरम आर्थिक संकट र मन्दीको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्ने ठोस उपाय प्रस्तुत गरी पीडामा रहेका नागरिकलाई आश्वस्त गर्न नसकेको पनि बताएका छन् । 

उनले १५ जेठमा आउने आगामी आर्थिक वर्षको बजेटमा व्यापक सुधारका लागि सुझाव दिएका छन् । ‘१५ जेठमा आउने आर्थिक वर्ष ०८०/८१ को बजेटमा यस्तो नहोस्,’ उनले लेखेका छन्, ‘बजेटका माध्यमबाट चुनौतीहरूलाई सम्बोधन गरियोस् । विदेश पलायन भइरहेका युवामा आशा जगाउने काम गरियोस् । बजेटको तयारीमा जुट्नुभएका माननीय अर्थमन्त्रीज्यूलाई शुभकामना ।’

पोखरेलले स्वास्थ्य उपचारपछि आराम गरिरहेका राष्ट्रपतिको विवशता पट्यारलाग्दो भाषणमा प्रकट भएको जिकिर पनि गरेका छन् । 

ad
ad