मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o जेठ ५ शुक्रबार
  • Thursday, 10 July, 2025
रमेश रावल सुर्खेत
२o८o जेठ ५ शुक्रबार १२:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन आह्वान

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८o जेठ ५ शुक्रबार १२:५७:oo

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभाको बर्खे अधिवेशनको आह्वान गरेको छ। बिहीबारको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक आह्वानका लागि पत्र पठाएको हो।

प्रदेश सरकारको मागबमोजिम प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ १० गते बुधबार दिउँसो ३ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन्।

यो अधिवेशनलाई बजेट अधिवेशनका रूपमा लिनेछ। अधिवेशनले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पारित गर्नेछ ।