मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ५ शुक्रबार ११:५४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकका ग्राहकले नेपालगन्जको सोल्टी वेस्टेन्डमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ५ शुक्रबार ११:५४:००

सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियरमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने विषयमा बैंक र सोल्टीबीच सम्झौता भएको हो । 

सम्झौतामा बैंकका नेपालगन्ज शाखा प्रमुख किरण राणामगर र सोल्टी वेस्टेन्डका सेल्स एन्ड मार्केटिङ प्रबन्धक रोजिना महर्जनले हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले सोल्टी वेस्टेन्ड प्रिमियरमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ तथा क्युआरमार्फत खाना तथा पेय पदार्थको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउने उल्लेख छ । यो सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने बैंकले विश्वास व्यक्त गरेको छ ।