Skip This
नेपाल प्रहरीका कर्मचारीद्वारा पहिलोपटक सगरमाथा आरोहण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ४ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ४ बिहीबार १३:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका कर्मचारीद्वारा पहिलोपटक सगरमाथा आरोहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ४ बिहीबार १३:o५:oo

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को एक सय वर्ष पुगेको अवसरमा नेपाल प्रहरीका अधिकृतले सगरमाथा आरोहण गरेका छन्।

वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले मंगलबार सगरमाथाको सफल आरोहण गरेको नेपाल प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता डिआइजी कुवर कडायतका अनुसार नेपाल प्रहरीका कर्मचारीले सगरमाथा आरोहण गरेको यो पहिलोपटक हो।

इन्टरपोलको शताब्दी वर्ष मनाउने कार्यक्रमअन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै वरिष्ठ नायव निरीक्षक नेपाली सगरमाथा चुचुरोमा पुग्न सफल उनले बताए। मंगलबार बिहान १०ः१५ बजे उनले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका प्रहरीले जनाएको छ। 

आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डासहित नेपाल प्रहरी तथा इन्टरपोलको झन्डा फहराएका छन्। वरिष्ठ नायव निरीक्षक नेपालीसहितको आरोहण दल ०८० वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो।

पहिलोपटक ०३१ मा नेपाल प्रहरीको नाै सदस्यीय टोलीले ६ हजार नाै सय २० मिटर उचाइको टुकुचे हिमाल आरोहण गरेको थियो। साथै ०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र ०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६ हजार एक सय १९ मिटर उचाइको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए। सगरमाथामा पुग्न सफल नेपाली पहिलो प्रहरी हुन्।

‘यस आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाइएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाललगायत इन्टरपोलका सदस्य राष्ट्रहरूको आपराधिक क्रियाकलापहरूविरुद्ध ऐक्यबद्धता रहेको र नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ,’ नेपाल प्रहरीको बुलेटिनमा भनिएको छ।