१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

औल झरेका भेडीगोठ लेक उक्लिँदै  [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३७:oo

ताप्लेजुङका हिमाली क्षेत्रबाट जाडो छल्न औलतिर झारिएका भेडीगोठहरू जाडो सकिएपछि लेकतिर उकालो लाग्न थालेका छन्।

वैशाख अन्तिम साताबाट हिमाली क्षेत्रतर्फ लान थालिएकोे भेडापालक कृषकले बताएश् । हिउँदमा हिमपात र जाडोबाट बचाउन  औलतिर झारिएका भेडीगोठ गर्मी बढ्न थालेपछि पुनः लेकतिर लान थालिएको हो।

कृषकका अनुसार गर्मी बढेपछि हिमाली क्षेत्रमा हिमपात रोकिनुका साथै चिसो कम हुने हुँदा भेडीगोठ लेकतिर लान थालिन्छ।

फुङलिङ नगरपालिका– ११ फावाखोलाका भेडापालक कृषक गोपाल विष्टले अहिले तीन हजारदेखि तीन हजार पाँच सय मिटरसम्म उचाइ रहेको लेक क्षेत्रमा भेठीगोठ रहेको बताए। गर्मी मौसममा भेडाहरू औलमा बस्न नरुचाउने भएकाले गर्मी मौसम सुरु भएपछि गोठ माथिल्लो क्षेत्रतिर सार्न थालिएको उनले बताए।

यसरी गर्मी मौसमसँगै भेडीगोठ यतिवेला फावाखोलाकै माथिल्लो क्षेत्र वैशाखे हुँदै हिमालतिर लैजान सुरु गरिएको छ।

वैशाखे हुँदै मयाम खर्क, तापेथोक, हेल्लोक, सेखाथुम, जापानटार हुँदै करिब पाँच हजार मिटर उचाइ रहेको सिद्धि खर्कसम्म पुर्‍याउने गरिएको बताइन्छ। सिद्धिखर्कतिर तीन महिनाजति गोठ राखेर अन्यत्र सार्ने गरिएको कृषकहरू बताउँछन्।

लोप हुने अवस्थामा रहेको भेठीगोठ ताप्लेजुङमा सीमित मात्र रहेका र फावाखोलाका विष्ट परिवारलगायतका केही कृषकले मात्र परम्परागत पेसाको रूपमा भेडीगोठ व्यवसाय अँगाल्दै आएका छन्।

एउटा पाठालाई १५ देखि २० हजार रुपैयाँसम्म मूल्य पर्ने गरेको कृषक विष्टले बताए। उनका अनुसार भेडाको ऊन, घिउबाट पनि राम्रै आम्दानी हुने गरेको छ।