मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ४ बिहीबार ११:५३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ४ बिहीबार ११:५३:००

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा विष्णुप्रसाद उपाध्याय नियुक्त भएका छन् । सञ्चालक समितिले उपाध्यायलाई चार वर्षका लागि उक्त पदमा नियुक्त गरेको हो । 

उपाध्यायले नेपाल इन्स्योरेन्स कम्पनीमा उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुर्दै प्रमुख कार्यकारी अधिकृतसम्म गरी २१ वर्ष तथा नेपाल पुनर्बिमा कम्पनीमा पुनर्बिमाविज्ञ र कम्पनीसचिवको जिम्मेवारीमा रही चार वर्षको कार्य अनुभव हासिल गरेको कम्पनीले जनाएको छ ।

व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उपाध्यायको नेतृत्व क्षमता र कार्यानुभवले गुराँस लघुवित्तको प्रगतिले नयाँ उचाइ लिने अपेक्षा गरेको सञ्चालक समितिले जनाएको छ । 

धनकुटामा केन्द्रीय कार्यालय र विराटनगरमा कर्पोरेट कार्यालय रहेको संस्थाले हाल कोसी प्रदेशका १२ जिल्लामा ३३ वटा शाखा कार्यालयमार्फत सेवा दिँदै आएको जनाइएको छ ।